नेकपा एसले मन्त्री फेरेपछि माओवादी केन्द्रमा पनि मन्त्री फेर्न दवाव आयो : वर्षमान पुन — OSNepal

नेकपा एसले मन्त्री फेरेपछि माओवादी केन्द्रमा पनि मन्त्री फेर्न दवाव आयो : वर्षमान पुन

LC (KTM) June 08, 2022 0

काठमाडौ २५ जेठ । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले पार्टी भित्र पनि मन्त्री फेर्न दवाव आइरहेको बताएका छन् ।

सरकारमा सहभागी नेकपा एकिकृत समाजवादीले पुरै मन्त्रीलाई फिर्ता बोलाए पछि माओवादी सहित सरकारमा सहभागी कांग्रेस तथा जसपामा समेत दवाव आएको उनले बताएका छन् ।

बुधबार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग बोल्दै नेता पुनले तर यस विषयमा औपचारिक छलफल भने सुरु नभएको स्पष्ट पारेका छन् ।

फेर्नुपर्छ कि भन्नेखालका आवाजहरु आएपनि यस विषयमा आफ्नो पार्टीले भने, अझै छलफल सुरु नगरेको नेता पुनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर