काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको लागि प्रधानमन्त्रीले कानुन नियमको गाँठो फुकाइ पहलकदमी लिनुपर्छ : गगन थापा — OSNepal

काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको लागि प्रधानमन्त्रीले कानुन नियमको गाँठो फुकाइ पहलकदमी लिनुपर्छ : गगन थापा

LC (KTM) June 08, 2022 0

काठमाडौं २५ जेठ । नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री शेरबहादुर देउवालाई फोहोर व्यवस्थापनको लागि पहलकदमी लिनुपर्ने बताएका छन् ।

बुधबार बसेको संसद बैठकको शून्य समयमा बोल्दै महामन्त्री समेत रहेका थापाले कानुन नियमको गाँठो फुकाउन देउवालाई आग्रह गरेका हुन् ।

उनले भने ,काठमाडौंको फोहोर व्यवस्थापन गर्न कतिपय कुरा फोहोर व्यवस्थापन सहरी विकास मन्त्रालय र काठमाडौं महानगर यी दुईवटा निकायले मात्रै चाहेर सम्भव छैन,कतिपय स्रोत साधान, कानुन नियमको गाँठो फुकाउन सम्माननिय प्रधानमन्त्रीलेनै पहलकदमी लिनुपर्ने छ । यसका लागि म प्रधानमन्त्री ज्यूलाई विशेष पहल कदमी लिन आग्रह गर्दछु ।’

शुन्य समयमा बोल्दै थापाले महानगरवासीलाई नै स्रोतबाटै फोहोर छुट्याउन आग्रह गर्दै फोहोर मुक्त काठमाडौं बनाउने अभियानमा सम्पुर्ण महानगरवासीले साथ दिनको लागि हार्दिक अनुरोध समेत गरेका छन् ।

‘सरकारले कर्तव्य पुरा गरेसँगै हामी नगरवासीले पनि केही कामहरू गर्नुपर्ने छ,यसको लागि श्रावण १ बाटै स्रोतबाटै कुहिन र नकुहिने फोहोर छुट्याउनको लागि काठमाडौं महानगरपालिकाले अपिल गरेको छ ।’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर