काठमाडौं २५ जेठ । अछामको पञ्चदेवल नगरपालिकामा भएको एक किशोरको मृत्युको विषयमा सत्य तत्थ पत्ता लगाउन सभामुख अग्नि सापकोटाले सरकारलाई निर्देशन दिएका छन् ।
घटनाको कारण पत्ता लगाई दोषी उपर कारवाहीको प्रक्रिया समेत अगाडी बढाउन सभामुख सापकोटाले सरकारलाई निर्देशन दिएका हुन् ।
बुधबार बसेको संसद बैठकको विशेष समयमा सांसद यज्ञबहादुर बोगटीले किशोर विनोद शाहीको मृत्युको घटनामा प्रहरीले जाहेरीसमेत लिन नमानेको भन्दै सभामुखमार्फत् सरकारको ध्यानाकर्षण गराएका थिए ।
बोगटीले हत्यारालाई कारबाही गर्ने प्रक्रिया अगाडि नबढेको ,मुद्दा दर्ता नगरेको तथा लासको पोष्टमार्टम समेत नगरिएको भन्दै सभामुखमार्फत् सरकारको ध्यानाकर्षण गराएपछि सभामुखले यस विषयमा आफ्नो गम्भिर ध्यानाकषर्ण भएको भन्दै
उनले भने , ‘सो सम्बन्धमा म नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहान्छु ।घटनाको सत्य तथ्य पत्ता लगाई दोषीमाथि कारबाहीको प्रक्रिया अगाडि बढाउन नेपाल सरकारलाई निर्देश गर्दछु ।’