छक्कापञ्जा संग कबड्डी ४ को कमाईको तुलना हुन थालेपछि दीपकराज गिरीले लेखे यस्तो स्टाटस — OSNepal

छक्कापञ्जा संग कबड्डी ४ को कमाईको तुलना हुन थालेपछि दीपकराज गिरीले लेखे यस्तो स्टाटस

LC (KTM) June 07, 2022 0

नेपाली फिल्म ईतिहासमा सबैभन्दा बढी कमाई गर्न सफल फिल्म छक्का पञ्जा रहेको बताई रहदा अहिले यो फिल्म संग कबड्डी ४’ को तुलना हुन थालेको छ । तुलना मात्र हैन छक्का पञ्जाको रेकर्ड तोडेको सम्म कुरा बजारमा आउन थाले पछि छक्कापञ्जाका निर्माता तथा नायक दीपकराज गिरीले आफ्नो फिल्मको कमाई बारे पहिलो पटक मुख खोलेका छन् । कबड्डी ४’ले अहिले स्वदेश र विदेशमा आक्रामक ब्यापार गरिरहेको बेला दीपकले आफ्नो फिल्मले कमाएको रकमका बारेमा जानकारी दिएका हुन् ।

उनका अनुसार ‘छक्कापञ्जा १’को कमाइ १६ करोड र छ । तर छक्कापञ्जाको तेस्रो सिक्वेलको कमाइ २० करोड रुपैयाँ रहेको जानकारी दिएका हुन् । कबड्डी ४ ले छक्कापञ्जा ३ को रेकर्ड तोडेको हल्ल चलेपछि उनले छक्कापञ्जा ३ को नभएर छक्कापञ्जा १ को मात्र रेकर्ड तोडिएको दाबी गरेका छन् ।

कबड्डी ४ का वितरकले ११ दिनमा फिल्मले १७ करोड ६५ लाख ग्रस कमाइ गरेको बताइरहँदा छक्कापञ्जा निर्माता गिरीको यस्तो भनाइ बाहिर आएको हो । यता दयाहाङ राई अभिनित चलचित्र कबड्डी ४ केही बिबादमा परेपछि यसले आफ्नो कमाईमा केही क्षती भोग्नु परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर