घर भत्किँदा घर भित्रै पुरिइन् महिला, यसरी गरियो आकस्मिक उद्धार, हेर्नुहोस् यि दृश्यहरु — OSNepal

घर भत्किँदा घर भित्रै पुरिइन् महिला, यसरी गरियो आकस्मिक उद्धार, हेर्नुहोस् यि दृश्यहरु

LC (KTM) June 15, 2021 0

काठमाडौ । गुल्मिमा निरन्तरको वर्षाका कारण घर भत्किदा पुरीएकी महिलाकोउद्दार गरिएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार गुल्मीको इस्मामा घर भत्किँदा पुरीएकी महिलाको उद्दार गरिएको हो ।गाउँपालिका ५ रजस्थल मैदानका राजेश परियारको निर्माणाधिन घर भत्किदा उनकी श्रीमती जानुका परियार पुरीएर घाइते भएकी छन् ।

छत्रबहादुर पछाइको घर माथिबाट झरेको ढुङ्गाले लागेर उनी ग म्भिर बनेको बताइएको छ । अत्यधिक बर्षा भइरहेकाले जिल्लाका अधिकाश सडक अवरुद्ध भएका छन् ।

त्यस्तै केही दिनदेखिको निरन्तरको वर्षाका कारण देशभरका खोलानालाहरु बढीरहेका छन् । जसका कारण ठूला नदीहरुले आफ्नो खतराको तह पार गरेका छन् । जसमध्येको एक हो नारायणी नदी ।

जहाँ पानीको सतहले चेतावनीको तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार नारायणी नदीमा पानीको सतह ७.३ भन्दा माथि नाघेर ७.८ मिटर पुगेको छ । ​८ मिटरभन्दा माथि पुगेपछि खतराको तहमा नदी पुगेको मानिन्छ ।

चितवन आसपासका क्षेत्रमा केहीदिनदेखिको अविरल वर्षापछि नारायणीमा भिषण बाढी आइरहेकाले यसले खतराको तह पार गरेको र पहाडी क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले नारायणीमा पानीको सतह अझै बढ्न सक्ने हुँदा सचेत रहन जिल्ला प्रशासन कार्यालय चितवनले आग्रह गरेको छ । नारायणीमा पानीको सतह बढ्दा त्यसले पश्चिम चितवन क्षेत्रमा कटान र डुबान हुने खतरा बढेको भन्दै प्रशासनले सबैमा सर्तक हुन आग्रह पनि गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर