दयाहाङ र मिरुना अभिनित फिल्म 'कबड्डी ४' ले गर्यो कमाल, १७ दिनमा १७ करोड कमाउँदै बनायो किर्तीमानी रेकर्ड — OSNepal

दयाहाङ र मिरुना अभिनित फिल्म ‘कबड्डी ४’ ले गर्यो कमाल, १७ दिनमा १७ करोड कमाउँदै बनायो किर्तीमानी रेकर्ड

LC (KTM) June 07, 2022 0

काठमाडौं–बहुचर्चित फिल्म ‘कबड्डी ४’ले १७ करोड ६५ लाखको ग्रस कलेक्सन गर्दै नयाँ किर्तीमान कायम गरेको छ ।

रिलिजको छोटो समयमा नै १७ करोड कमाई गरेर यो फिल्मले कमालको रेकर्ड राख्न सफल भएको हो ।

अहिलेसम्म पनि अधिकांश हलमा फिल्म हाउसफूलका साथ प्रदर्शन भइरहेकाले अझै केही समयसम्म कलेक्सनको आँकडा बढिरहेको फिल्मका वितरक गोविन्द शाहीले बताए ।

फिल्ममा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, पुष्कर गुरुङ, विजय बराल, बुद्धि तामाङलगायतका कलाकारको अभिनय छ ।

रामबाबु गुरुङ निर्देशित फिल्म ‘कबड्डी ४’ ले रिलिजको १७ दिनमा १७ करोड ६५ लाखको ग्रस कलेक्सन गरेको छ ।

वितरक शाहीका अनुसार शनिबार तीन करोडमाथिको व्यापार गर्दा दोस्रो शनिबार अढाई करोडको कलेक्सन गरेको बताए । आइतबार र सोमबार भने ८० लाखको हाराहारीमा कारोबार गरेको छ । जुन अहिलेसम्मकै उच्च हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर