काठमाडौं २४ जेठ । हात्तीसारस्थित नेपाल हाउस रेष्टुरेन्टको वेयटरबाट एक युवती बलात्कृत भएकी छन् ।
सो होटलका वेटर दोलखाको तामाकोशी गाउँपालिका–६ घर भएका २० वर्षीय जीवन फुयाँल खत्रीले रेष्टुरेन्टमा इन्टर्नसिप गरिरहेकी ती यसवतीमाथि बलात्कार गरेका हुन् ।
पीडित युवतीको जाहेरीको आधारमा प्रहरी वृत्त, दरबारमार्गबाट खटिएको टोेलीले निजमाथि अनुशन्धान अगाडी बढाएको छ ।
पीडितलाई आवश्यक संरक्षणमा लिएर विस्तृत स्वास्थ्य परीक्षणलगायतको कार्य भइरहेको प्रहरीले जनाएको छ ।
पिडितले दिएको जानकारी अनुसार उक्त होटलमा सो दिन रेष्टुरेन्ट सञ्चालकको पार्टी चलिरहेको र सोही मौका छोपी उक्त युवकले पीडितको ‘कोल्ड ड्रिङ्कस’मा मदिरा मिसाएर खुवाएर लठ्ठाएर जबरजस्ती करणी गरेको खुल्न आएको छ ।