काठमाडौं २४ जेठ । कास्कीको यातायात व्यवस्था कार्यालयले सुरुमा नयाँ दर्ता हुने र सुरुवा दर्ता हुने सवारीलाई मात्रै इम्बोस्ड नम्बर प्लेट दिन सकिने स्पष्ट पारेको छ ।
सरकारले दिएको निर्देशनअनुसार इम्बोस्ड प्लेट जडान गर्न नसकिने भन्दै मंगलबार यातायात व्यवस्था कार्यालयले एक विज्ञप्ती जारी गर्दै इम्बोस्ड प्लेट जडानका लागि चाप बढेको जनाएको छ ।
विभागले दिएको पूर्वाधारका आधारमा दिनमा ४०-५० जनालाई मात्रै सेवा दिन सकिने बताएको विभागले कार्यालय परिसरमा पार्किङको समस्या भएकाले थप पूर्वाधार र जनशक्तिको व्यवस्था नभएसम्मका नयाँ दर्ता हुने र सुरुवा दर्ता हुने सवारीलाई मात्र सेवा दिन सकिने विज्ञप्तीमा उल्लेख गरेको छ ।
यता यातायात व्यवस्था विभागले साउन १ देखि अनिवार्य गरिएका सवारीमा इम्बोस्ड नजोडिए कारवाही सुरु गरिने स्पष्ट पारिसकेको छ ।