काठमाडौं २४ जेठ । यातायात व्यवस्था विभागले राजपत्रले निर्दिष्ट गरेका सवारीहरुमा मात्रै इम्बोस्ड प्लेट अनिवार्य गर्न लागिएको स्पष्ट पारेको छ ।
आगामी साउन १ देखि सबै सवारीमा नम्बर इम्बोस्ड प्लेट अनिवार्य हुने गर्ने विषयमा चौतर्फी तर्कवितर्क आएपछि यातायात व्यवस्था विभागले मुख खोलेको हो ।
मंगलबार विभागले एक विज्ञप्ती जारी गर्दैै साउन १ गते विहान देशभर गुड्ने सबै सवारीमा इम्बोस्ड प्लेट जडान भएको हुनुपर्नेछ भन्ने मनासय अलिकति पनि नभएको स्पष्ट पारेको हो ।
विभागले अहिले करिब २ लाख ५० प्लेट छापिएको भण्डारमा रहेको जानकारी दिँदै विज्ञप्तीमा भनिएको छ, ‘यस्तो अवस्थामा सवारी धनीले इम्बोस्ड प्लेट स्वेच्छिक मात्रै विषय ठानेको र सवारी कार्यालयहरुले पनि उदाशीन भएर सेवा दिइरहेको छ , यसले गर्दा ठेकदार कम्पनीलाई गर्नुपर्ने भुक्तानीको दायित्व सिर्जाना हुने अवस्था आएको छ ।
विभागले राजजपत्रको सूचनाअनुसार अनिवार्य गरेका सवारीमा जोडिएको वा नजोडिएको भन्न्बारे अनुमगन आवश्यक देखिएको र विभागले यस मामिलामा पछि नहट्ने संकेत समेत विभागले देखाएको छ ।
विभागले आवेदन प्रणाली, पर्सानलाइजेसन प्रणाली, फिटिङ गर्ने जनशक्ति, प्लेट ढुवानी व्यवस्था समेत तयार पारेको विज्ञप्तीमा जानकारी गराएको छ ।
यस्तो छ विभागको जारी गरेको विज्ञप्ति;