जग्गा कित्ताकाटमा कडाई, अब ४ आना भन्दा कम टुक्र्याउन नपाइने — OSNepal

जग्गा कित्ताकाटमा कडाई, अब ४ आना भन्दा कम टुक्र्याउन नपाइने

LC (KTM) June 07, 2022 0

काठमाडौं २४ जेठ । सरकारले भू–उपयोग नियमावली २०७९ राजपत्रमा प्रकाशित गर्दै जग्गाको कित्ताकाटमा कडाइ गरेको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले काठमाडौं उपत्यकाको कृषि क्षेत्रका रुपमा तोकिएको जग्गालाई न्यूनतम ५ सय वर्गमिटर र आवासीय क्षेत्रमा वर्गीकरण गरेको जग्गामा न्यूनतम एक सय ३० वर्गमिटर (४ आना) मा मात्र टुक्राउन नियम कार्यान्वयनमा ल्याएको छ ।

निमायवली अनुसार ५ सय वर्गमिटर भन्दा सानो कित्ताको जग्गाको चौडाइ भन्दा लम्बाइ चार गुणा बढी हुनु पर्ने प्रावधान उल्लेख गरिएको छ ।

तराई र भित्री मधेशमा भने, ६ सय ७५ मिटर भन्दा सानो हुने गरी कृषि क्षेत्रको कित्ताकाट गर्न नपाइने भएको छ ।

तर,कुनै कित्ताको आकार र क्षेत्रफल अमिल्दो भई सिमानाको अर्को कित्ताबाट निश्चित क्षेत्रफल समावेश गरी प्लट मिलान गर्न उपयुक्त देखिएको अवस्थामा भने सोही प्रयोजनका लागि मात्र कित्ताकाट गर्न सकिने नियमावलीमा प्रष्ट पारिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर