भीम रावलको प्रश्न : देशको अर्बौं रुपैयाँ लगानी गरेको निजगढ विमानस्थलको योजना के न्यायपालिकाले बदर गर्न मिल्छ ? — OSNepal

भीम रावलको प्रश्न : देशको अर्बौं रुपैयाँ लगानी गरेको निजगढ विमानस्थलको योजना के न्यायपालिकाले बदर गर्न मिल्छ ?

LC (KTM) June 07, 2022 0

काठमाडौं २४ जेठ । नेकपा (एमाले)का सांसद भीम रावलले राष्ट्रिय हितमा रहेको बाराको निजगढ विमानस्थल निर्माणमा सरकारले ठूलो रकम लगानी गरेकोमा
अदालतसमेत लागेको भन्दै आक्रोश पोखेका छन् ।

मंगलबारको संसद बैठकमा नेता रावलले विमानस्थल निर्माणमा बाधा पुर्‍याउने तथा बनाउन हुँदैन भन्नेहरू भू-माफियासँग मिलेको आरोप लगाएका नेता रावलले छिट्टै विमानस्थल नबनाउने हो भने, सम्पूर्ण जग्गा कब्जा हुने नेपाल सरकारको यत्रो ठूलो लगानी यत्तिकै हराएर जाने बताए ।

‘नेपाल सरकारको कार्यकारी अधिकार, देशको अर्बौं रुपैयाँ लगानी गरेको, तीन दशकदेखि अगाडि बढाएको योजना के न्यायपालिकाले बदर गर्न मिल्छ ? शक्तिपृथकीकरण न्यायपालिकालाई लाग्दैन रुु सरकारले निर्णय गरेपछि के न्यायपालिकाले हानि पुर्‍याएर फैसला गर्न मिल्छ ?’रावलले प्रश्न गरे ।

१ सय १० बिघा अधिग्रहण गर्नुपर्नेमा ७६ बिघा अधिग्रहण भइसकेको बताउँदै रावलले भने, प्राधिकरणले ३ अर्ब रुपैयाँ खर्च गरिसकेको छ । द्रुत मार्गमा २ खर्बभन्दा बढी खर्च भइसकेको छ, उनले भने, ‘रुखको हवाला दिन्छन् । त्यहाँ अहिले जसले विमानस्थल बनाउनु हुँदैन भनेका छन् तिनीहरू भूमाफियासँग मिलेर त्यो जमिन, प्रत्येक वर्ष जग्गा अतिक्रमण भइरहेको छ । त्यसरी अतिक्रमण गर्नेको संख्या ठूलो भएको उनले बताए । त्यहाँ नेपाल सरकारले अधिग्रहण गरेको जग्गा अतिक्रमण भइरहेको छ । त्यो छिट्टै विमानस्थल नबनाउने हो भने सम्पूर्ण जग्गा कब्जा हुनेछ । नेपाल सरकारको यत्रो ठूलो लगानी यत्तिकै हराएर जान्छ,’ ।

सरकारले उत्तरदायी भएर विकास निर्माणमा लाग्नुपर्ने बताएका उनले कम रकम विनियोजन गरेको प्रति भने आपत्ती जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर