आन्दोलनरत इन्धन ढुवानी गर्ने ट्यांकर चालकलाई कोरोना विरुद्धको खोप दिने सहमत भएसँगै आन्दोलन फिर्ता — OSNepal

आन्दोलनरत इन्धन ढुवानी गर्ने ट्यांकर चालकलाई कोरोना विरुद्धको खोप दिने सहमत भएसँगै आन्दोलन फिर्ता

LC (KTM) June 15, 2021 0

काठमाडौं १ असार । आन्दोलनरत इन्धन ढुवानी गर्ने ट्यांकर चालकहरुलाई कोरोना विरुद्धको खोप सरकारले उपलब्ध गराउने सहमति भएसँगै ट्यांकरका चालकहरुले आन्दोलन फिर्ता लिएका छन् ।

भोली बुधबारबाट एपीएफ अस्पताल बलम्बुमा खोप लगाउने नेपाल आयल निगम र नेपाल पेट्रोलियम ट्यांकर चालक संघबीच सहमति भएको हो ।संघका अध्यक्ष ईश्वर लामाले बताएका अनुसार बागमती प्रादेशिक डिपो कार्यालय थानकोटका ट्यांकर चालक र सहचालक गरी ९०० सयलाई निगमले उपलब्ध गराएको परिचयपत्रको आधारमा खोप लगाउने सहमति छ ।

आइतबारबाट नेपाल पेट्रोलियम ट्यांकर चालक संघको आह्वानमा आन्दोलन सुरु गरी पेट्रोलियम पदार्थको ढुवानी अवरुद्ध गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर