काठमाडौं २४ जेठ । गृहमन्त्री बालकृष्ण खाँणले बर्दियाको मधुवन नगरपालिका–२ को ओराली बजार क्षेत्रमा भएको आन्दोलनमा प्रहरीलाई गोली चलाउने आदेश नदिएको स्पष्ट पारेका छन् ।
नागरिकको जीवन रक्षा नै राज्यको दायित्व भएको भन्दै आन्दोलनमा उत्रिएका नागरिकहरुमाथि गोली चलाउने आदेश नदिएको गृहमन्त्री खाँडले स्पष्ट पारेका हुन् ।
बाघको आक्रमणबाट स्थानीय घाइते भएपछि आन्दोलनमा उत्रिएका नागरिकहरुमाथि प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ ।
मंगलबार बसेको संसद बैठकमा यस घटनाको विषयमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै र्गहमन्त्री खाँडले भने , ‘नागरिकहरुको यस्तो अवरोधमा गोली प्रहार गर्ने आदेश नै छैन । सम्झाई बुझाइ गर्ने, कमभन्दा कम शक्ति प्रयोग गर्ने भनेका छौं । सीडीओले पनि आदेश दिएको छैन भन्नु भएको छ । तर त्यहाँ गोली चलेको छ र एक युवतीको निधन भएको छ ।’बर्दियाको घटनामा दोषीलाई कारबाही गरिनेछ ।’
यस घटनाको विषयमा छानविन गर्न गृह मन्त्रालयका सहसचिव हरि घिमिरेको संयोजकत्वमा ५ सदस्यीय समिति बनेको उनले उनले जानकारी दिएका छन् । उनले जसले गल्ती गरेको छ, त्यसअनुसार कारबाही गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।