काठमाडौं २४ जेठ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ ।
पार्टीका अध्यक्ष महन्थ ठाकुरसहित नेताहरु राजेन्द्र महतो, शरतसिंह भण्डारी, लक्ष्मणलाल कर्णलगायतका नेताहरुले मंगलबार देउवालाई ११ बुँदे ज्ञापनपत्र बुझाएका हुन् ।
आफ्ना नेता–कार्यकर्ताका मुद्दा फिर्ता लगायतका माग तथा थरुहट आन्दोलन र मधेस आन्दोलनका क्रममा कैद सजाय भोगिरहेका र रेशम चौधरीको रिहाइ लगायतको माग लिएर लोसपा आज प्रधानन्त्री निवास पुगेको हो ।
११ बुँदे ज्ञापनपत्रमा कालोबजारी र महँगी नियन्त्रण अविलम्ब गर्नुपर्ने तथा मलखादको व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेको छ ।