काठमाडौं २४ जेठ । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउने भएका छन् ।
अध्यक्ष ठाकुरसहित नेताहरु राजेन्द्र महतो, शरतसिंह भण्डारी, लक्ष्मणलाल कर्णलगायतका नेताहरु मंगलबार ज्ञापनपत्र बुझाउन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् ।
आफ्ना नेता–कार्यकर्ताका मुद्दा फिर्ता लगायतका माग लिएर लोसपाका नेताहरु बालुवाटार पुगेका हुन् ।