काठमाडौं :
काठमाडौंको फोहोर बोकेर पुगेका ट्रकलाई बन्चरेका स्थानीयले रोकेका छन् । काठमाडौं महानगर, सहरी विकास मन्त्रालय, नुवाकोटको ककनी, धादिङको धुनिवेशीलगायत स्थानीय तहका जनप्रतिनिधिबीच सोमबार फोहोर व्यवस्थापन गर्ने सहमति भए पनि आज काठमाडौंबाट फोहोर बोकेर गएका ट्रकहरुलाई बन्चरेका स्थानियले रोकेका हुन् ।
तर अहिले उक्त सहमति नमान्ने भन्दै स्थानीय बासिन्दाले धुनिवेशीमा ट्रक रोकेर अवरोध गरेको बताइएको छ । यस अघि पनि पटक पटक फोहोर रोक्दै आएका त्यहाका स्थानियले हामीसँग सहमति भएको छैन भन्दै अवरोध गरेको बताइएको छ ।
हिजो सिसडोल र बञ्चरेडाँडाका जनप्रतिनिधिहरूको सहभागितामा भएको वार्ताले स्थानीयका माग सम्बोधन गर्न समय तालिकासहित प्रतिबद्धतापत्र जारी गरेको थियो।