बर्दिया बाट काठमाण्डौ आएका यी बिद्यार्थीहरु दलित भएकै कारण गुरुकुलमा संस्कृत पढ्न बाट बञ्चित , रातारात भयो यस्तो खेल — OSNepal

बर्दिया बाट काठमाण्डौ आएका यी बिद्यार्थीहरु दलित भएकै कारण गुरुकुलमा संस्कृत पढ्न बाट बञ्चित , रातारात भयो यस्तो खेल

LC (KTM) June 06, 2022 0

जमानाको मुलुकी ऐनले नै कुनै धर्म जात बर्णका आधारमा कसैले कसैलाई बिभेद गरिने छैन भनेता पनि समय र परिस्थिती अनुसार यस्ता बिभेद झनै भिन्न रुपमा मौलाउँदै गएको छ । यसैबीच काठमाण्डौ जस्तो शिक्षित ठाउँमा सानो जात भएकै कारण अध्ययन गर्न बाट बञ्चित हुनु परेको छ । काठमाडौको शंखमूल स्थित श्री जगद्गुरु आदर्श संस्कृत गुरुकुलमा यस्तै घटना भएको छ । यस गुरुकुलमा बर्दियाबाट संस्कृतको अध्ययन गर्न आएका विद्यार्थीहरू दलित भएकै कारण भर्ना हुन बाट बन्चित भएका छन् ।

गुरुकुलका प्राचार्य तेज प्रसाद भट्टराईले दलित भन्ने थाहा पाए संगै भर्ना हुनबाट रोकेका छन् । यसरी बन्चित हुने बिद्यार्थीहरुमा बर्दियाका सुनार समुदायका समीर सुनार, भुवेश्वर सुनार , भीम सुनार , विराज सुनार रहेका छन् । बिद्यार्थीका अभिभावक नरेन्द्र सुनारका अनुसार केही दिन पहिला वर्ल्ड हिन्दु अर्गनाइजेसनका दक्षिण एशिया प्रमुख एवं समानता अभियान नेपालका केन्द्रीय अध्यक्ष चन्द्रकान्त पौडेल संग उनले गुरुकुलमा कोटा खाली रहेको जानकारी गराए पछी बर्दिया बाट आफ्ना बालबालिका यहाँ ल्याइएको थियो । संस्कुत पढ्ने ईच्छा पुरा गर्न आए पनि दलित भएकै कारण भर्ना हुन नपाएको उनले बताए ।

सुरुमा जात थाहा नहुदा सम्म त सबै ठिकै थियो ,कहि कतै सम्स्या थिएन । जब काठमाडौको समानता अभियान नेपाल नामक संस्थाको केन्द्रीय कार्यालयमा ल्याएर विधिवत् मुण्डन गरेर टुप्पी राखेर व्रतबन्ध गराइदिएर गायत्री मन्त्र दिएर भोलिपल्ट सल्लाह बमोजिम सो गुरुकुलमा बालक लगियो । सबै कर्मकाण्ड सकिएर जब भर्ना हुन लाग्दा बिद्यार्थीहरु दलित समुदायको रहेको थाहा पाए पछि अनेक तिकडम सुरु भयो । गुरुकुलका प्राचार्यलाई यी बालक दलित हुन् भन्ने थाहा दिइएको थिएन। गुरुकुलका संरक्षक कथित जगद्गुरु मोहन शरण देवाचार्य र संस्थाका अध्यक्ष टीकाराम अर्यालले पनि भर्ना गराउने अनुमति दिई सकेका थिए ।

त्यसरात ती बालकहरूलाई अभिभावक सहित त्यहीँ राखिएको पनि थियो । तर दलित भन्ने थाहा पाए संगै रातारात प्लान चेन्ज भएको अभिभावक जयन्ती सुनारले बताईन् । राती हाँसि खुशी संगै बिताएका प्राचार्य तेज प्रसाद भट्टराईले बिद्यार्थीहरुलाई भर्ना गर्न नमिल्ने र तुरुन्तै गुरुकुल छोडि हाल्न निर्देशन दिएका थिए । अभिभावक कमला सुनारका अनुसार बालबालिकालाई त्यहाँ बाट निकाल्न अनेक बाहानाबाजी सुरु भएको छ । गुरुकुलको होस्टल साँघुरो भयो भन्दै बिद्यार्थी लाई भर्ना गर्न नमिल्ने प्राचार्यले बताए तर उक्त गुरुकुलमा कोठाको कमी नरहेको पुष्टि भईसकेको छ ।

आफ्ना सन्तानलाई संस्कृतको अध्ययन गराउने ईच्छा दलित भएकै कारण तुहिदा एकदमै दुःख लागेको अभिभावक नरेन्द्र सुनारले बताए । नरेन्द्र सुनारले गुरुकुलमा संस्कृत वेद पुराण संगै अंग्रेजी गणित विज्ञान पनि पढाइन्छ। गुरुकुलको समितिमा समेत दलित सहभागिता छैन। बालक र उनका अभिभावकहरू यतिबेला समानता अभियान नेपालको केन्द्रीय कार्यालय बसुन्धरामा छन् ।

जातीय विभेद गर्ने सो गुरुकुल र प्राचार्य उपर कुनै कानुनी कारवाही नभएको समानता अभियान नेपालका केन्द्रीय अध्यक्ष चन्द्रकान्त पौडेलले बताए ।उता संस्थाका संरक्षक जगद्गुरु मोहन शरण देवाचार्य र संस्थाका अध्यक्ष टीकाराम अर्यालले दलित बालकलाई गुरुकुल बाट फिर्ता गराउनुमा आफ्नो कुनै हात नरहेको र प्राचार्यले भर्ना गराउनु भन्दा पनि नमानेको गुनासो गरे।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर