काठमाडौं २३ जेठ । सरकारले नेपाल प्रहरीका पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरूलाई प्रहरी अतिरिक्त महानिरीक्षक ९एआईजी० मा बढुवा गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले गृह मन्त्रालयको बढुवा समितिको बैठकले सिफारिस गरेको पाँच जना प्रहरी नायब महानिरीक्षकलाई प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गर्ने निणर्य गरेको हो ।
बढुवा हुनेमा पहिलो नम्बरमा उत्तम सुवेदीको नाम परेको छ । त्यसपछि क्रमश अरुणकुमार बीसी , दिवेश लोहनी , मुकुन्दराज आचार्य र पूजा सिंह रहेका छन् ।