काठमाडौं २३ जेठ । दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय फिर्ता भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सरकारले गरेको दुई दिन सार्वजनिक विदा दिने निर्णय फिर्ता भएको जानकारी गराएको हो ।
स्वास्थ्य मन्त्री विरोध खतिवडाले दिएको जानकारी अनुसार यस अघि सरकारले परिक्षणको लागि भन्दंै यो पनि निर्णय जेठ १ गतेबाट लागु गरेको थियो ।
यो निर्णय फिर्ता भएसँगै अब शनिबार मात्र सार्वजनिक विदा हुने भएको छ ।