काठमाडौं २३ जेठ । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले कुन व्यक्तिलाई मन्त्री बनाउने भन्ने कुरा पार्टीको सार्वभौम कुरा भएको स्पष्ट पारेका छन् ।
सोमबार नयाँ बानेश्वर स्थित संसद भवनमा सञ्चारकर्मीहरु सँगै बोल्दै नेता खनालले पार्टीको तर्फबाट कसलाई मन्त्री बनाउने भन्ने कुरा पार्टीले नै निर्णय गर्ने भन्दै धर्तीका अरु कुनै तागतले गर्न बताएका हुन् ।
पार्टीले छ महिनासम्म एउटा समुह र त्यसपछि अर्को समूहलाई मन्त्रिपरिषद्मा पठाउने निर्णय पहिल्यै देखि भएको भन्दै यस्तो बताएका हुन् ।
‘हामीले पार्टीको कमिटीमा सल्लाह गर्ने हो। कमिटीले निर्णय गर्छ। त्यसलाई पालना गर्नुपर्छ। हाम्रो पार्टीमा लाखौँ सदस्यहरु हुनुहुन्छ। लाखौँ सदस्यहरु भएपनि कमिटीहरुले निर्णय गर्छन्। त्यसलाई हामी सबैले पालना गर्छौ। पद्धती नै त्यही हो नि।’ खनालले भने ।