काठमाडौं २३ जेठ । काठमाडौ महानगरपालिका-१६ का वडा अध्यक्ष मुकुन्द रिजालले आफ्नो वडाको फोहोर आफै उठाउन सुरु गरेका छन् । आज सोमबार बिहानबाट अध्यक्ष रिजालले वडा १६मा रहेका प्रमुख ठाउँहरूमा रहेको फोहोर उठाउन सुरु गरेका हुन् ।
रिजालका सहयोगी किरण भट्टराईले दिएको जानकारी अनुसार सोह्रखट्टे चोकबाट फोहोर उठाउन सुरू गर्दै कालधारा र शाशा गेटमा रहेको फोहोरको अल्पकालीन व्यवस्थापनमा रिजाल जुटेका बताएका छन् ।
महानगरको गाडी प्रयोग गरी अहिले सम्म चार वटा गाडी उठाइसकेको जानकारी दिएका उनले सबै फोहोर उठाउदा १०-१२ गाडी हुने बताएका छन् । उठाइएका सबै फोहोर अहिले तत्काललाई कुहिने र नकुहिने गरी खाली जग्गामा खाल्डो खनेर पुर्ने योजना रहेको छ ।
डम्पिङ साइटमा कुरा मिलेपछि फोहोर उतै लगेपनि अहिले भने यो अस्थायी उपाय अनाइएको बताएका छन् ।