काठमाडौं :
गाउँपालिका अध्यक्षमा बागी उम्मेदवार बनेका एमाले नेता खेम मिश्र पत्नीसहित कांग्रेसमा प्रवेश गरेका छन् । नेकपा एमालेले बागी उम्मेदवारी दिएपछि निष्कासन गरेका ओखलढुंगाको चम्पादेवी गाउँपालिका कमिटीका पूर्व अध्यक्ष खेम मिश्र नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।
उनी मिश्र र उनकी श्रीमती कविता रामहरि खतिवडाको पहलमा काँगेस प्रबेश गरे हुन् । हालै सम्पन्न स्थानीय तह निर्वाचनमा मिश्रले टिकट नपाएपछि उनी खरायो चिन्ह लिएर स्वतन्त्र उम्मेदवार बनेका थिए ।
बागी उम्मेदवारी दिएपछि एमालेले मिश्रलाई गाउँपालिका कमिटी अध्यक्षसहित साधारण सदस्यबाट समेत निष्कासन गरेको थियो ।उनले जम्मा ३० मत पाएका थिए ।