काठमाडौं २३ जेठ । नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य एवम् श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले पार्टीले मन्त्री बन्न दिएको आफु आभारी रहेको बताएका छन् ।
मन्त्री श्रेष्ठले विभिन्न सञ्चार माध्यममा आएको जस्तो पार्टीको निर्णय र नेतृत्वलाई चूनौति दिने आफुले कही कतै नभनेको भन्दै सोमबार विज्ञप्ती नै निकालेका छन् ।
‘मुलुक र पार्टी जीवनमा फरक राजनीतिक अभ्यासको विकास भइरहेको सन्दर्भमा विधि र पद्धतिको पक्षधर कार्यकर्ताको रुपमा म क्रियाशील र प्रतिवद्ध छु।’ विज्ञप्तमिा उल्लेख गरिएको छ ।
पार्टी निर्णय नमान्ने चेतावनी दिएको’ भन्नेजस्ता झुट, कपोलकल्पित र भ्रामक समाचारप्रति खेद समेत प्रकट गरिएको छ।