काठमाडौं २३ जेठ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफु मन्त्री पदमा रहँदा देश र नागरिकका लागि अहोरात्र खटिइ देशको हित हुने काम गरेको दावी गरेका छन् ।
आफ्नो सात महिने कार्यकालमा आफुले जनताका पक्षमा नै काम गरेको बताएका उनले पर्यटन मन्त्रालयअन्तर्गत राम्रा कामको थालनी आफुले गरेको दावी समेत गरेका छन् । अब आउने मन्त्रीले पनि आफ ्ना राम्रा कामलाई निरन्तरता दिन समेत मन्त्री आलेले आग्रह गरेका छन्।
आफू पदमा रहँदा होस् वा नरहँदा देश र नागरिककै पक्षमा काम गर्ने तथा वकालत गर्ने भएकाले आफू सधैँ देश र नागरिकको हकहितका लागि लाग्ने मन्त्री ओलेले बताएका छन् ।
आइतबार बसेको नेकपा (एकीकृत समाजवादी)को सचिवालयको बैठकले सरकारमा रहेका सबै मन्त्रीलाई फिर्ता बोलाएको थियो । तथापी, आज सोमबार बसेको सत्तारुढ दलको शिर्षनेताहरुको बैठकले बजेट पारित नभएसम्म नयाँ मन्त्री नियुक्त नगर्ने सहमति जुटाएको छ ।