काठमाडौं २३ जेठ । नेकपा एकीकृत समाजवादीले हेरफेर गरेको नयाँ मन्त्रीको सपथ रोकिएको छ । आज सोमबार बसेको सत्तारुढ दलका शिर्ष नेताहरुको बैठकले बजेट पारित नहुँदासम्म मन्त्री नफेर्ने सहमति भएपछि नयाँ मन्त्रीको नियुत्ती हाललाई रोकिएको हो ।
एकीकृत समाजवादीको आइतबार बसेको सचिवालय बैठकले मन्त्री हेरफेर गरेको थियो । स्रोतका अनुसार बजेट पारित नहुँदासम्म मन्त्रीहरुको हेरफेर विश्वका कुनै पनि मुलुकमा नहुने र यस्तो प्रक्रिया नेपालमा पनि नहुने भन्दै यस विषयमा अहिले केही नहुने भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको शिर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताहरुको सहभागिता रहेको थियो ।