काठमाडौं २३ जेठ । सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भएको छ ।
सोमबार बिहान भएको छलफलमा समसामयिक राजनीतिक विषयमा समेत छलफल भएको बताइएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले दिएको जानकारी अनुसार मन्त्रिपरिषद् पुनगठनको विषयमा छलफल भएको बताएका छन् ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, कानुनमन्त्री दिलेन्द्रप्रसाद बडु र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की समेत सहभागी भएका थिए ।