काठमाडौं २३ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एक महिनाभित्र सवारीसाधनमा इम्बोस्ड नम्बर राख्न भनेर सरकारले गरेको निणर्य जनतामाथि अत्याचार गर्नु भएको टिप्पणी गरेका छन् ।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सुरूमै सभामुखसँग समय लिएर सांसद समेत रहेका थापाले सरकारको यो निणर्यले जनतामाथि अत्याचार भएको प्रतिक्रिया दिएका हुन् । सरकारले गरेको अपारदर्शी निर्णय र निकम्मापनको सजाय नागरिकलाई दिन खोजिएको भन्दै यसको अवज्ञा गर्नुपर्ने उनको तर्क रहेको छ ।
इम्बोस्ड नम्बरको काम गर्ने कम्पनी असफल भइसकेको र निकै महँगोसमेत रहेकोले यस विषयमा सरकार गम्भिर हुन समेत आग्रह गरेका थापाले सस्तो, सुविधाजनक ढंगले काम हुनुपर्ने भन्दै नागरिक तर्साउने काम बन्द गर्न चेतावनी समेत दिएका छन् ।