एमालेलाई पहिलो पार्टीका रुपमा स्थापित गर्ने काम अध्यक्ष ओलीबाट सम्भव भएको हो : विष्णु रिजाल — OSNepal

एमालेलाई पहिलो पार्टीका रुपमा स्थापित गर्ने काम अध्यक्ष ओलीबाट सम्भव भएको हो : विष्णु रिजाल

LC (KTM) June 06, 2022 0

काठमाडौ २३ जेठ । नेकपा एमालेका नेता विष्णु रिजालले नेतृत्वलाई कमजोर बनाउने कुरा एमालेका कुनै पनि नेता, कार्यकर्ता, समर्थक र शुभेच्छुकलाई सह्य नहुने बताएका छन् ।

बुर्जुवा र दक्षिणपन्थी कांग्रेसका सभापति शेरबहादुर देउवालाई नेता मानेर हिंडिरहेकासँग वाम एकताको चर्चा गर्नु कम्युनिस्ट आन्दोलन र नेकपा (एमाले) पंक्तिको मनोबल गिराउनु मात्र भएको नेता रिजालको भनाइ छ । त्यसैले यतिबेला वाम एकताको चर्चा निरर्थक, असान्दर्भिक र प्रयोजनहीन भएको समेत उनले बताएका छन् ।

प्रतिक्रियावादीका हमला, घेराबन्दी र षडयन्त्रका बाबजुद एमालेलाई ३८ लाख मतसहित सर्वाधिक लोकप्रिय र पहिलो पार्टीका रुपमा स्थापित गर्ने काम अध्यक्ष केपी ओलीको दृढ नेतृत्वमा सम्भव भएको उनको तर्क रहेको छ ।

उनले भनेका छन् ,’प्रतिक्रियावादीका हमला, घेराबन्दी र षडयन्त्रका बाबजुद एमालेलाई ३८ लाख मतसहित सर्वाधिक लोकप्रिय र पहिलो पार्टीका रुपमा स्थापित गर्ने काम अध्यक्ष केपी ओलीको दृढ नेतृत्वमा सम्भव भएको छ ।नेतृत्वलाई कमजोर बनाउने कुरा एमालेका कुनै पनि नेता, कार्यकर्ता, समर्थक र शुभेच्छुकलाई सह्य छैन।’

दुई तथ्यमा नेकपा (एमाले) को पंक्ति स्पष्ट छ;

१. बुर्जुवा र दक्षिणपन्थी कांग्रेसका सभापतिलाई नेता मानेर हिंडिरहेकासँग वाम एकताको चर्चा गर्नु कम्युनिस्ट आन्दोलन र नेकपा (एमाले) पंक्तिको मनोबल गिराउनु हुन्छ।त्यसैले यतिबेला वाम एकताको चर्चा निरर्थक, असान्दर्भिक र प्रयोजनहीन छ।

२.प्रतिक्रियावादीका हमला, घेराबन्दी र षडयन्त्रका बाबजुद एमालेलाई ३८ लाख मतसहित सर्वाधिक लोकप्रिय र पहिलो पार्टीका रुपमा स्थापित गर्ने काम अध्यक्ष केपी ओलीको दृढ नेतृत्वमा सम्भव भएको छ ।नेतृत्वलाई कमजोर बनाउने कुरा एमालेका कुनै पनि नेता, कार्यकर्ता, समर्थक र शुभेच्छुकलाई सह्य छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर