काठमाडौ २३ जेठ । वरिष्ठ लेखक खगेन्द्र संग्रौलाले काठमाडौं महानगरका मेयर बालेन्द्र साहलाई पथभ्रष्ट दलपति र सत्तापति लाठेहरूलाई शबक सिकाउने गरी काम गर्न आग्रह गरेका छन् ।
रातदिन कुद्याकुदेई पनि सत्ता कब्जा गरी बसेकाहरू दलहरुले बिफल तुल्याउन खोजेको हो कि काठमाडौंको फोहोर नउठेको भन्दै मेयर साहललाई भनेका छन् ।
समाजिक सञ्जाल मार्फत संग्रौलाले भनेका छन्, ‘बालेन सर रातदिन कुद्याकुदेई छन्,तर ढङ्ग नपुगेर हो कि सत्ता कब्जा गरी बसेकाहरूले यिनलाई बिफल तुल्याउन खोजेर हो,उठेन त काठमाडौंको दङदङी गनाउने फोहोर।’
जनहितका एकाध काम गर्न सके पथभ्रष्ट दलपति र सत्तापति लाठेहरूलाई अलिकता हाँक,अलिकता शबक मिल्थ्यो कि भन्दै ढंग पुर्याएर काम गर्न उनले भनेका छन् ।
उनले भनेका छन्, ‘बालेन सर रातदिन कुद्याकुदेई छन्,तर ढङ्ग नपुगेर हो कि सत्ता कब्जा गरी बसेकाहरूले यिनलाई बिफल तुल्याउन खोजेर हो,उठेन त काठमाडाको दङदङी गनाउने फोहोर।बालेन सरले जनहितका एकाध काम गर्न सके पथभ्रष्ट दलपति र सत्तापति लाठेहरूलाई अलिकता हाँक,अलिकता शबक मिल्थ्यो कि भन्या!’