माधवकै पार्टीका केही मन्त्रीले रिसको झोकमा पदबाट फिर्ता हुन नमानेका खबर बाहिर आएका बेला आलेले दिए यस्तो प्रतिकृया — OSNepal

माधवकै पार्टीका केही मन्त्रीले रिसको झोकमा पदबाट फिर्ता हुन नमानेका खबर बाहिर आएका बेला आलेले दिए यस्तो प्रतिकृया

LC (KTM) June 06, 2022 0

काठमाडौँ :

संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेम आलेलाई एउटा आरोप लाग्ने गरेको छ । मन्त्री बन्न जे पनि गर्छन्, जुन पार्टीमा पनि जान्छन् । तर यही आरोपकाबिच मन्त्री आलेले पार्टीले गरेको निर्णय मान्ने बताएका छन्।

नेकपा एकीकृत समाजवादीबाट मन्त्री बनेका आलेले नेपालखबरलाई संक्षिप्त प्रतिक्रिया दिँदै पार्टीको निर्णय मान्ने बताएका हुन्। आइतबार एकीकृत समाजवादीले पार्टीका तर्फबाट मन्त्री भएका ४ जनालाई आइतबार फिर्ता बोलाएसँगै नयाँ मन्त्रीहरुको नाम पनि प्रधानमन्त्री निवास बालुवाटारमा पठाइसकेको छ।

माधवकै पार्टीका केही मन्त्रीले रिसको झोकमा पदबाट फिर्ता हुन नमानेका र पार्टी नै छाड्ने चेतावनी दिएका खबरहरु पनि आयरहेका छन् ।

तर, मन्त्री आले भने पार्टीको निर्णय मान्ने कुरामा कुनै द्वीविधा नरहेको बताउँछन्। ‘पार्टीले निर्णय गरिसकेपछि मैले त्यसलाई मान्नुपर्छ, मान्छु,’ उनले संक्षिप्त प्रतिक्रिया दिँदै भने। पार्टीका सम्मानित नेता झलनाथ खनालले नियुक्त गर्दा नै ६ महिनाका लागि गरेको भन्दै सबै मन्त्रीहरु फिर्ता हुने प्रतिक्रिया दिइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर