काठमाडौं :
नायिका नीता ढुंगानाले पहिले विबाह गर्ने र त्यसपछि फिल्मको छायांकन सुरु गर्ने बताएकी छिन् ।लामो समयदेखि प्रेमी तथा ज्योतीष हरिहर अधिकारीसँग गहिरो प्रेममा रहेकी उनले विबाहको मिति घोषणा गरेकी हुन् ।उनीहरु प्रेम सम्बन्धमा रहेदेखि नै एक अर्कासँग नजिक छन् र विभिन्न प्रोजेक्टमा सहकार्य पनि गर्दैछन् ।
भारतीय फिल्मका कलाकार प्रदिप रावतलाई लिएर ‘ह्रस्व दीर्घ’ नामक फिल्ममा पनि काम गर्न लागेको यो जोडीले असारको २४ गते बिहे गर्दैछन् भने २६ गते पार्टी दिने तयारीमा छन् ।उनीहरुको बिहे याक एन्ड यती होटलमा हुनेछ । यसका लागि यी दुइले तयारी पनि थालिसकेका छन् ।चन्द्र पन्तले निर्देशन गर्ने फिल्ममा नीता र हरिहरको साथमा भारतीय फिल्मका चर्चित कलाकारहरु प्रदिप रावत, सुनिल वर्मा लगायतले काम गर्दैछन् ।