प्रकाशमा सरकारी शिक्षक बन्न संघर्ष गरेका प्रदिप भन्छन् 'कलाकारिताप्रतिको मेरो दृष्टिकोण फेरियो' — OSNepal

प्रकाशमा सरकारी शिक्षक बन्न संघर्ष गरेका प्रदिप भन्छन् ‘कलाकारिताप्रतिको मेरो दृष्टिकोण फेरियो’

LC (KTM) June 06, 2022 0

काठमाडौं:

आफ्नो फिल्म ‘प्रकाश’ को प्रर्दशनको मिति नजिकिइरहेका बेला अभिनेता प्रदीप खड्का सामाजिक संजालमा सक्रिय भएका छन् ।भदौ १० गते प्रदर्शन हुने फिल्मको यसैसाता टिजर रिलिज गरिएको थियो । सोही फिल्मको आइतबार आधिकारिक पोस्टर लञ्च गरिएको छ । जसमा प्रदीपको कर्णाली लुक्स देख्न सकिन्छ ।

सो अवसरमा पोस्टर सार्वजनिक गर्दै अभिनेता खड्काले यो फिल्ममा काम गर्दा आफूले कला र कलाकारितालाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको उल्लेख गरेका छन् । प्रदिपको आफ्नो प्रतिक्षित फिल्म ‘प्रेमगीत ३’ प्रदर्शनको तयारीमा रहेका बेला प्रदिपले ‘यो चलचित्रमा काम गर्ने क्रममा कला र कलाकारिताप्रति हेर्ने मेरो दृष्टिकोणमा नै परिवर्तन आएको छ ।

एउटा पात्रमार्फत सम्पूर्ण कथा नै जीवन्त हुन सक्छ भन्ने मान्यतालाई आत्मसात गर्दै पात्रलाई न्याय गर्न उसको वस्तुस्थितिदेखि भावनाहरु समेतलाई बुझ्ने हेतुले मैले जुम्लेली लवज सिक्नेदेखि पात्र अध्ययनका लागि चलचित्र कार्यशालामा कैयौं दिन बिताएको छु ।’

भनेर सामाजिक संजालका मार्फत प्रतिक्रिया जनाएका छन् । प्रकाशमा सरकारी शिक्षक बन्न संघर्ष गर्ने एक विपन्न युवकको भूमिका निर्वाह गरेका प्रदिप भन्छन् ‘सोही क्रममा एउटा कलाकारले पात्र र कलाकारितालाई कसरी लिनुपर्दछ भन्ने मेरो सोचमा नै नयाँ आयाम थपिएको मैले महसुस गरेको छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर