असार ३१ मा प्रदर्शन हुँदै आकाश र पूजाको ‘सम्झना बिर्सना’ — OSNepal

असार ३१ मा प्रदर्शन हुँदै आकाश र पूजाको ‘सम्झना बिर्सना’

LC (KTM) June 06, 2022 0

काठमाडौं । नेपाली कथानक चलचित्र ‘सम्झना बिर्सना’ असार ३१ मा प्रदर्शन हुने भएको छ । प्रदर्शन मिति तोक्दै सार्दै गरेको फिल्म युनिटले अब भने असार ३१ गतेलाई प्रदर्शन मिति लक गरेको छ ।

यसअघि यो चलचित्र जेठ ६ गते नै प्रदर्शन हुने प्रचार थियो। स्थानीय निर्वाचनको कारण देखाउँदै सरेको ‘सम्झना बिर्सना’ निकै प्रचार गरिएको चलचित्र हो ।

यो चलचित्रमा आकाश श्रेष्ठ र पूजा शर्माले शीर्ष भूमिकामा रहेर अभिनय गरेका छन्।सौर्य दैनिकमा खबर छ । फिल्म तथा म्युजिक भिडिओमा निक्कै रुचाइएको पूजा र आकाशको जोडीसँगै यो चलचित्रमा सुनील थापा, छुल्ठिम गुरुङ र शिशिर राणा पनि शिर्ष भूमिकामा देखिनेछन् ।

निमेष प्रधानले निर्देशन गरेको चलचित्र दार्जिलिङ, सिलगुढी र सिक्किमका रमणीय स्थानमा छायांकन गरिएको छ । निर्देशक प्रधानकै कथा तथा पटकथा रहेको चलचित्रको संवाद लेखनमा निर्देशक प्रधानलाई अभिनेता शिशिर राणाले साथ दिएका छन् । शिव ढकालको छायांकन रहेको चलचित्रमा राजन इशान र सुदर्शन तामाङको संगीत, कमल राईको कोरियोग्राफी र तारा थापा ‘किम्भे’को सम्पादन रहनेछ ।

यो पनि अन्तर्राष्ट्रिय खुला तेक्वान्दो पोखरामा-नेपाल तेक्वान्दो सङ्घको आयोजनामा पोखरामा तेस्रो संस्करणको ‘माउण्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो’ प्रतियोगिता हुने भएको छ ।गत वर्ष कोभिड–१९ का कारण स्थगन भएकामा अन्तर्राष्ट्रिय तेक्वान्दो सङ्घले पुनः स्वीकृति प्रदान गरेपश्चात् आगामी असोज ५ देखि ९ गतेसम्म प्रतियोगिता सञ्चालन हुने सङ्घले जनाएको छ ।

सो प्रतियोगितामा विश्वका ५० भन्दा बढी देशका एक हजार ५०० खेलाडी, रेफ्री, अफिसियल गरी दुई हजारभन्दा बढी विदेशी खेलाडी र खेल पदाधिकारी सहभागी हुने मूल आयोजक समितिका अध्यक्ष एवं नेपाल तेक्वान्दो सङ्घका केन्द्रीय अध्यक्ष प्रकाश शमशेर राणाले बताउनुभयो ।

उहाँका अनुसार अन्तर्राष्ट्रिय प्रतियोगिता भएको र सोको तयारीका लागि कम्तीमा पाँच महिना समय लाग्ने भएकाले अहिलेदेखि नै आवश्यक तयारीका काम अघि बढाइएको जानकारी दिनुभयो । प्रतियोगितामा सहभागी खेलाडीले आफ्नो वरियताका लागि खेल्ने छन् । प्राप्त अङ्कका आधारमा खेलाडीको अन्तर्राष्ट्रिय वरियता तय हुने बताइन्छ ।

विश्व तेक्वान्दो सङ्घले मान्यता प्राप्त गरेको ‘जि टु’ खेल खेलाइने भएकाले सहभागी सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको आयोजकले जनाएको छ । जसमा १८ वर्षमाथिकाले पनि विभिन्न तौल समूहमा खेल्न पाउने छन् ।

नेपालको परिवेशमा सबैभन्दा बढी मेडल जित्न सफल यस खेलको प्रवद्र्धनमा सबै लाग्नुपर्ने देखिएको महासचिव दीपराज गुरुङले बताउनुभयो । प्रतियोगितामा सिनियर महिला÷पुरुषतर्फ आठ÷आठ र जुनियरतर्फ १०÷१० वटा तौल समूहका खेल हुनेछन् । प्रतियोगिताले पोखरामात्र नभई नेपालको खेल तथा पर्यटन क्षेत्रमा थप टेवा पुग्ने विश्वास आयोजकले लिएको छ ।

प्रतियोगिताका लागि रु दुई करोड खर्च लाग्ने अनुमान गरिएको र सङ्घ÷प्रदेश, स्थानीय सरकारलगायत उद्योगपति, व्यवसायी र पोखरेली जनताबाट सहयोगको अपेक्षा गरिएको सदस्य सचिव जगनबहादुर गुरुङले बताउनुभयो ।

प्रतियोगिताका लागि गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको प्रमुख संरक्षकत्वमा १०१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । खेलकुद क्षेत्रलाई माया गर्ने राष्ट्रसेवक कर्मचारी, खेलाडी, राजनीतिज्ञ, उद्योगपति, व्यवसायीसमेतको ५१ सदस्यीय सल्लाहकार समिति समेत गठन भइसकेको बताइन्छ ।

प्रतियोगिताबाट नेपाली तेक्वान्दो खेलाडीले अनुभव प्राप्त गर्नसक्ने भएकाले आगामी दिनहरुमा नेपालका तर्फबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिनका लागि खेलाडीलाई सहज हुने विश्वास गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर