काठमाडौं :
नायिका नीता ढुंगाना र नायक हरिहर अधिकारीलृ आउँदो असार २४ गते लगनगाँठो भएका कस्ने भएका छन् । आउँदो २४ असारमा विवाह र २६ असारमा रिसेप्सेनको टुंगो लागिसकेको बताइएको छ । दुवै समारोह राजधानीको पाँचतारे होटल याक एन्ड यतिमा आयोजना हुने छन् ।
चलचित्र क्षेत्रका धेरै कलाकारहरूलाई विवाह वा रिसेप्सनमा निम्त्याउने तयारी गरिएको बताइएको छ । नीता र हरिहरको पहिलो भेट नीताकै घरमा भएको थियो । उनका भाइ र हरिहर साथी थिए ।
भाइसित भेट्न घरमा आउँदा उनीहरूबिच मित्रता झ्यागंगिदै गएको बताइन्छ । ज्योतिष पेसामा रमाइरहेका हरिहर चलचित्रमा आएको धेरै भएको छैन भने नीता लामो समयदेखि नेपाली चलचित्रमा सक्रिय छिन् ।