पङ्खाको तार जोड्ने क्रममा करेण्ट लागेर ३० वर्षीया नजिराको मृत्यु — OSNepal

पङ्खाको तार जोड्ने क्रममा करेण्ट लागेर ३० वर्षीया नजिराको मृत्यु

LC (KTM) June 05, 2022 0

सप्तरी- सप्तरीको शम्भुनाथ नगरपालिकामा करेण्ट लागेर एक महिलाको आज मृत्यु भएको छ । शम्भुनाथ नगरपालिका–४ कठौनामा करेन्ट लागेर स्थानीय ३० वर्षीया नजिरा खातुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पङ्खाको तार जोड्ने क्रममा करेण्ट लागेर गम्भीर घाइते भएकी खातुनको स्थानीय स्वास्थ्य संस्थामा उपचारका क्रममा मृत्यु भएको हो ।

दुवै मिर्गौला गुमाएका खत्रीद्वारा सहयोगको याचना
जुम्लाको तातोपानी गाउँपालिका–२ का मानबहादुर खत्री मिर्गौलाबाट पीडित हुनुहुन्छ । तीस वर्षीय उहाँका दुवै मिर्गौलाले काम गर्न छाडेको छ । खत्रीलाई उपचार गर्न आर्थिक अभाव छ ।
खत्रीले नेपाल र भारतका विभिन्न अस्पतालमा उपचार गराउँदै आउनुभएको थियो । गत चैतदेखि भने उहाँ घरमै थन्किनुभएको छ । उपचार खर्च जुटाउन नसकेर घरमै थन्किएको खत्रीले बताउनुभयो । दुवै मिर्गौला प्रत्यारोपणका लागि लाखौँ रुपैयाँ लाग्ने भएकाले आर्थिक अभावका कारण उपचार गर्न नसकेको उहाँले बताउनुभयो ।

खत्रीको श्रीमती र ६ वर्षीय एक छोरा हुनुहुन्छ । उहाँलाई हिँड्डुल गर्न समेत समस्या भइरहेको छ । खत्रीले आर्थिक सहयोगका लागि सबैसँग आग्रह गर्नुभएको छ । सहयोग गर्न चाहने व्यक्तिलाई ९७४८९४१३२४ नम्बरमा सम्पर्क गर्न तथा सहयोगी रकम साङ्ग्रिला डेभलपमेन्ट बैंक, जुम्ला शाखामा रहेको खाता नंः ०२८०१२००३९७७२१००००१ मा जम्मा गर्न उहाँले अनुरोध गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर