आर्थिक अभावमा शव अलपत्र परेपछि कुवेतबाट चन्दा उठाएर नेपाल ल्याइयो नेपाली महिलाको शव — OSNepal

आर्थिक अभावमा शव अलपत्र परेपछि कुवेतबाट चन्दा उठाएर नेपाल ल्याइयो नेपाली महिलाको शव

LC (KTM) June 15, 2021 0

काठमाडौं- कुवेतमा मृत्यु भएकी महिलाको शब नेपाल ल्याइएको छ । झापा घर भई कुवेत ज्यान गुमाएकी मुना राईको शव आर्थिक सहयोग संकलन गरेर कुवेतबाट नेपाल ल्याइएको हो । झापाली समाज कुवेतले शव पठाउन लाग्ने शुल्क ३ सय ८५ केडी (नेरु करिब १ लाख ४७ हजार) सहयोग संकलन गरी त्यहाँस्थित नेपाली दूतवासमालाई बुझाएपछि शव नेपाल पठाइएको बताइएको छ ।

नेपाल पठाउन नपाइ शब अलपब परेपछि सहयोग रकम संकलन गरिएको थियो । मृतक राई भारतको बाटो हुँदै गैरकानूनीरूपमा कुवेतमा पुगेकी थिइन् । झापाली समाजका उपाध्यक्ष राजु धिमालको पहलमा २ सय ७० केडी, गैरआबासीय नेपाली संघ कुवेतबाट ४९ केडी, तुलसी लिम्बूको पहलमा २५ केडी लगायत अन्य व्यक्तिहरुको पहलमा ४१ केडीसहित ३ सय ८५ केडी दूतावासलाई बुझाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर