काठमाडौं, जेठ २२ ।
काठमाडौंको टेकुमा रहेको पेट्रोल पम्पको ट्यांकी बिस्फोट हुँदा दुई जना घाइते भएका छन् ।
काठमाडौं महानगरपालिका(१२ टेकुस्थित कनक पम्पको ट्यांकी साँझ ५ बजे विष्फोट भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसुार इन्धन राख्ने ट्यांकीको ढक्कन वेल्डिङ गर्ने क्रममा अकस्मात भित्रबाट ग्यास बिस्फोट हुन पुगेको हो ।
प्रहरीका अनुसार बिस्फोटमा परेर पर्सा जगन्नाथपुर गाउँपालिका(३ घर भई काठमाडौंको कालिमाटी बस्ने ३० वर्षीया किशोरी साह र १८ वर्षीय दीपककुमार साह घाइते भएका छन् ।
घाइतेमध्ये किशोरीको बायाँ खुट्टा जलेर फ्र्याक्चर भएको छ भने दाहिने खुट्टा, अनुहार दुबै हात र छाती जलेको छ । उनीहरुलाई तत्कालै उद्धार गरेर अस्पताल पुर्याइएको छ ।
घाइतेमध्ये एकको अवस्था गम्भिर छ भने एक जना हल्का बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ । उनीहरूको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।