काठमाडौं २२ जठ । देशभर रहेका होन्डा शोरुमले शोरूममा रहेका शौचालय सार्वजनिक प्रयोगका लागि खुला गरेको छ।
यस भन्दा अघि शोरुमको कर्मचारी तथा ग्राहकको लागि मात्र प्रयोग भएको शौचालय अब सर्वसाधरणले समेत प्रयोग गर्न पाउने भएका हुन् ।
हाल देशभर होण्डाको एक सय सात शोरूम रहेका छन् । शुक्रबारदेखि शोरुम, डिलर र सबडिलर गरी सबै स्थानमा रहेको शौचालय निःशुल्क शौचालयको रुपमा सुविधा दिइएको कम्पनीले बताएको छ ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले काठमाडौंका विभिन्न ठाउँमा रहेका होटल, रेस्टुरेन्ट तथा पेट्रोल पम्पका शौचालय सार्वजनिक प्रयोजनका लागि खुल्ला गर्ने निणर्य गरेसँगै साहको निणर्यमा समर्थन जनाउँदै सबै व्ययवायीले आफ्नो प्रयोजनको लागि प्रयोग गरिँदै आएको शौचालय निःशुल्क शौचालयको रुपम खुल्ला गरेका हुन् ।