काठमाडौं २२ जेठ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले मन्त्रिपरिषद हेरफेर नियमित प्रक्रिया भएको भन्दै सरकारमा सहभागी सबै मन्त्रीलाई फिर्ता बोलाएका छन् ।
पार्टीको आइतबार बसेको सचिवालय बैठकले सबै मन्त्रीलाई फिर्ता बोलाएपछि नयाँ मन्त्रीको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई पठाइएको हो ।
मन्त्री नियुक्त गर्दा नै ६ महिनाको लागी भनेर नियुक्त गरिएकाले यो नियमित प्रक्रिया भएको नेपालले बताएका हुन् ।
नयाँ मन्त्री नियुक्त गर्ने विषय बाहिर आएपछि हाल मन्त्री पदमा रहेका दुई मन्त्रीले मन्त्री पदबाट आफुलाई हटाए पार्टी नै छाड्ने चेतावनी दिएको बुझिएको छ ।
यथपी, ती मन्त्रीको नाम भने सार्वजनिक गरिएको छैन । तर मन्त्रीबाट हटाउन लागेको सूचना सार्वजनिक भएपछि मन्त्री प्रेम आले र विरोध खतिवडा भने पार्टी कार्यालय नै पुगेका थिए ।
मन्त्रीले पार्टी नै छोड्ने विषयमा भने अध्यक्ष नेपालले प्रतिक्रिया दिन चाहेनन् ।