काठमाडौं २२ जेठ । नेकपा (एकीकृत समाजवादी) ले सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाएको छ । पार्टीको शनिबार देखि बसेको सचिवालय बैठकले चार मन्त्री र एक राज्यमन्त्री पदबाट रिक्त हुने भएका छन् ।
जसमा सहरी विकासमन्त्री रामकुमारी झाँक्री, स्वास्थ्यमन्त्री विरोध खतिवडा, पर्यटनमन्त्री प्रेम आले, श्रममन्त्री किसान श्रेष्ठ र स्वास्थ्य राज्यमन्त्री भवानी खापुङ पनि पदबाट हट्ने भएका छन् ।
६ महिनाका लागि भनेर सरकारमा पठाएको भन्दै पार्टीका उपमहासचिव गंगालाल तुलाधारले पार्टी निर्णय सबैले मान्नुपर्ने बताएका छन् । सरकारमा पठाउने मन्त्रीको नाम भने नेकपा एसले सार्वजनिक गरेको छैन ।
पार्टीका सम्मानित नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेर भोलि नै निर्णय कार्यान्वयन हुने बताएका छन् ।