काठमाडौं २२ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले अखिल क्रान्तिकारीमा देखिएको विवाद समाधान जिम्मेवारी पाएका छन् ।
आइतबार बसेको नेकपा माओवादी केन्द्रका पूर्व स्थायी कमिटी सदस्यहरूको बैठकले प्रचण्डलाई विद्यार्थी संगठनमा देखिएको समस्या समाधान गर्ने जिम्मेवारी दिएको हो ।
एक पक्षीय रूपमा पदाधिकारी घोषणा भएको भन्दै सुरु अखिल क्रान्तिकारी विवाद भइरहेको छ ।
साथै, आज बसेको बैठकले पार्टीको केन्द्रीय कार्यालय सञ्चालन गर्न तथा संगठन विस्तार तथा सुदृढीकरणका लागि पार्टीका सबै सदस्यहरूबाट १०० रूपैयाँका दरले रकम संकलन गर्ने समेत निर्णय गरेको छ ।