काठमाडौं २२ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनमा नयाँ समीकरण बन्ने प्रयत्न भइरहेको बताएका छन् ।
आइतबार आफ्नै निवास खुमलटारमा बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकमा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।
कतिपय पार्टीहरूमा विभाजनको खतरा रहेको खुलासा गरेका प्रचण्डले यस्तो बेलामा आफुहरुले ठिक ढंगले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् ।
अवसर र चुनौती दुवैको आउन सक्ने भन्दै उनले अहिलेसम्म गठबन्धनको विकल्प नसोचिएको र प्रतिगमनको खतरा कायम रहँदासम्म गठबन्धन कायम रहने स्पष्ट पारेका छन् ।