इतिहास बनेको राजसंस्था पुनः स्थापनाको एजेण्डा बोकेर हिड्नु अर्थहिन — OSNepal

इतिहास बनेको राजसंस्था पुनः स्थापनाको एजेण्डा बोकेर हिड्नु अर्थहिन

LC (KTM) June 05, 2022 0

=विराटनगर २२ जेठ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्था पुनः स्थापना हुने सम्भावना शून्य रहेकाले यस्तो एजेण्डालाई छाड्न सुझाव दिएका छन् ।

आइतबार विराटनगरमा पत्रकारसँग कुराकानीमा अध्यक्ष थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपालाई लक्षित गर्दै राजसंस्थाको एजेण्डा बोकेर हिँडनुको कुनै अर्थ नभएको भन्दै यस्तो सुझाव दिएका हुन् ।

यदि राजेन्द्र लिङदेन नेतृत्व राप्रपाले राजसंस्थाको एजेण्डा छाडे पार्टी एकता समेत गर्न आफु तयार भएको थापाले बताएका छन् । ‘राजसंस्थाको एजेण्डा छाडेर आए कार्यगत एकताका लागि राप्रपा नेपाल सधैँ तयार छ ।’ उनले भने ।

साथै, उनले अहिलेको प्रदेश सरकारको औचित्य समेत नरेहेको बताएका छन् । संरचनागत सुधारका लागि संघीयताको वर्तमान परिवर्तनलाई सुधार गरी केन्द्रमा एउटा बलिया सरकार र स्थानीय सरकार कायम गर्न उपयुक्त हुनेमा जोड दिएका छन् ।

उनले बीचको प्रदेश सरकार वा प्रदेश तहको संरचनाको कुनै आवश्यकता नभएको बताएका छन् । प्रजातन्त्र स्थापनासँगै मुलुक देशी विदेशी शक्तिको क्रियास्थाल बनेको बताएका उनले यस विषयमा राज्य संवेदनशील नभएर दुर्घटना निम्तिन सक्ने औंल्याएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर