काठमाडौं :
राप्रपा खोटाङका नेता जीवनकुमार श्रेष्ठको मृत्यु भएको छ । मोटरसाइकलले ठक्कर दिएपछि सडकमा ढलेका श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको हो ।
उनको काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको रत्नपार्क जिरोप्वइन्टबाट बजारभित्र जाँदै गरेको प्रदेश १–०५–००१ प ६८३७ नम्बरको मोटरसाइकलले उनलाई ठक्कर दिएपछि उनको टाउको र र छातीमा गम्भीर चोट लागेको थियो ।
स्थानीय तहको निर्वाचनमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मेयरका उम्मेदवार थिएका उनले राप्रपा खोटाङको झन्डै १५ वर्ष जिल्ला अध्यक्ष भएका थिए । थिए ।