काठमाडौं २२ जेठ । नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसाललाई स्पष्टीकरण सोधिने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेको विषयमा अनुशन्धान आयोगले भुसाललाई स्पष्टीकरण सोध्न सिफारिस गरेको हो ।
ओलीको कार्यशैलीकै कारण स्थानीय निर्वाचनमा पार्टीले पराजय व्यहोरेको भन्दै एक कार्यक्रममा भुसालले भने पछि आयोगले पार्टी नीतिविपरीत काम गरेको आरोप लगाउँदै स्पष्टीकरण सोध्न सिफारिस गरेको हो ।
बुधबार बसेको अनुशासन आयोगको सचिवालय बैठकले भुसाल माथि स्पष्टीकरण सोध्न सिफारिस गरेको हो । भुसाललाई स्पष्टिकरण सोधिने भएपछि यति बेला नेकपा एमाले भित्र यस विषयले चर्चा पाएको छ ।