काठमाडौं २२ जेठ । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले आउँदो संघीय निर्वाचनमा मोरङ क्षेत्र नम्बर ४ बाट प्रतिस्पर्धा गर्ने भएका छन् ।
कांग्रेस नेता महेश आचार्य उठ्दै आएको मोरङ–४ मा यस पटक भने आफु अधिकारपूर्वक माग्ने, अधिकारपूर्वक लिने, लड्ने हो, किन्तुपरन्तु, हेरौंला, विचार गरौंला भन्ने नचल्ने भन्दै आफु प्रतिस्पर्धा उभिन लागेका बताएका हुन् ।
आगामी चुनाव लड्ने घोषणा गरियो भन्दै उनले तीन वटा चुनावसम्म सघायौं, मद्दत गर्यौं, अरुलाई जिताऔं अथवा जिताउनलाई कोसिस गरेको भन्दै यस पटक
प्रतिस्पर्धामा उभिन लागेको बताएका हुन् । यस पटक पार्टीले अन्याय गर्दा भनेर आफुले कल्पना समेत नगरेको बताएका छन् ।