काठमाडौं :
काठमाडौं महानगरपालिकाको पहिलो कार्यपालिका बैठकमा तनाव सिर्जना गरेर चर्चामा आएका १६ नम्बर वडाका अध्यक्ष मुकुन्द रिजालको एउटा टिकटक भाइरल भइरहेको छ । यसमा उनले आफ्नो कार्यकक्षमा बसेर ‘ओइ डाँडाघरे साईंली मैले हत्ते गरेर के गर्ने।’ गीतमा टिकटक बनाएका छन् ।
करिब ४ महिना अगाडि अपलोड भएको उनको भिडियो अहिले भाइरल बनेको छ । खोज्दै जाँदा रिजालले कार्यकक्षमा बसेर बनाएका अरु पनि टिकटक क्लीपहरु फेला परेका छन् । वडा कार्यालयस्थित आफ्नो कार्यकक्षमै बनाएको टिकटकले उनी आलोचनाको सिकार बनेका छन् ।
अहिलेको स्थानीय चुनावबाट वडा अध्यक्षमा दोहोरिएका रिजाल पहिलो कार्यपालिका बैठकमा तनाव सिर्जना गरेपछि विवादम र चर्चामा आएका थिए । । बालेन्द्रका समर्थकहरु अहिले पनि उनीविरुद्ध खनिएका थिए । उनी माथि मेयरलाई असफल पार्ने खेलमा लागेको आरोप लागेको छ ।