तनहुँमा सिलिण्डर ग्यास पड्किदा १२ वर्षीय बालिकाको मृत्यु — OSNepal

तनहुँमा सिलिण्डर ग्यास पड्किदा १२ वर्षीय बालिकाको मृत्यु

LC (KTM) June 04, 2022 0

तनहुँ- खाना पकाउने सिलिण्डर ग्यास पड्किदा तनहुँमा आज एक बालिकाको मृत्यु भएको छ । मिृत्यु हुनेमा जिल्लाको भीमाद नगरपालिका–९ च्यानडाँडा निवासी शिवनारायण क्षेत्रीको १२ वर्षीय छोरी सुभेक्षा केसी क्षेत्री रहेकी छिन् ।

सिलिण्डर ग्यासमा अचानक आगलागी भई पड्किदा बालिकाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताउनुभयो । मृतकको शव दमौली अस्पतालमा परीक्षणका लागि पठाइएकोे उहाँले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर