काठमाडौं २० जेठ । प्रतिनिधिसभामा विनियोजन विधेयक २०७९–८० बहुमतले पारित भएको छ ।
सोमबारदेखि जारी बजेटको नीति तथा कार्यक्रम, विनियोजन बजेटको विधेयक आज शुक्रबार प्रतिनिधि सभाबाट बहुमतले पारित भएको हो ।
विनियोजन विधेयक २०७९–८० बहुमतले पारित भएसँगैआर्थिक वर्ष २०७९–८० को बजेट पास भएको छ ।
अर्थमन्त्री शर्माले आइतबार जेठ १५ गते कुल १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बराबरको बजेट ल्याएका थिए ।