काठमाडौं २० जेठ । सभामुख अग्प्रिसाद सापकोटा अंग्रेजी बोल्न नआएर ट्रोलको सिकार बनेका छन् ।
बिहिबार बसेको संसद बैठकमा कृषि तथा पशुपंक्षी विकास मन्त्री महेन्द्र राय यादवको भारत भ्रमणको विषयमा लेखिएको अंग्रेजी शब्द बोल्न नआएर सापकोटा ट्रोलको सिकार बनेका हुन् ।
संसद बैठक प्रारम्भ भएको जानकारी दिएसँगै सापकोटाले मन्त्री यादवको भारत भ्रमण सम्बन्धी ब्यहोरामा पढाए सुनाएका थिए । जसमा अंग्रेजीमा लेखिएको थियो ,मन्त्री यादव भारतको नयाँ दिल्ली तथा उडिसा भुवनेश्वरमा आयोजना हुने high level study mission to India on right to food and sovereignty act कार्यक्रममा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्न लाग्नुभएको हुँदा…’
अंग्रेजीमा लेखिएको ‘सोभरेन्टी’ शब्दलाई नेपालीमा भन्न उनलाई निकै सकस परेको थियो । त्रिभुवन विश्वविद्यालयबाट स्नातकसम्मको अध्ययन गरेका सापकोटाले लामो समय विद्यालयमा शिक्षकको जागिर खाएका थिए ।
विगतमा दुई पटक मन्त्रीको जिम्मेवारी सम्हालिसकेका सापकोटा यति बेला अंग्रेजी शब्द सोभरेन्टीलाई नेपालीमा भन्न नजान्दा ट्रोलको सिकार बन्न पुगेका छन् ।